Breaking News.... EverestOnlineKhabar
September 30, 2026

कोहलीलाई आराम, एकदिवसिय सिरिजका लागि रोहित शर्मा क्याप्टेन

Loading

एजेन्सी । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले मंसिर अन्तिम सातादेखि सुरु हुने श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा नियमित कप्तान विराट कोहलीको ठाउँमा रोहित शर्मालाई जिम्मेवारी दिएको छ ।

२४ मंसिरदेखि हुने तीन खेलको एकदिवसीय सिरिजमा भारतीय टिमको कप्तानी अब रोहित शर्माले गर्नेछन् । यसअघि नै कोहलीले बिसिसिआईसँग आराममा दिन आग्रह गरेका थिए ।

श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा रोहित शर्मासँगै शिखर धवन, अजिन्का राहाणे, श्रेयस इयर, मनिष पाण्डे, केदार जादव, दिनेश कार्तिक, महेन्द्रसिंह धोनी, हार्दिक पान्ड्या, अक्षर पटेल, कुलदिप यादव, युजभेन्द्र चाहल, जसप्रित बुमराह, भुवनेश्वर कुमार र सिद्धान्त कउल छन् ।

एकदिवसीय सिरिजपछि हुने टी–२० सिरिजका लागि आगामी साता टिम घोषणा गरिनेछ। । भारतले श्रीलंकासँगको सिरिज पछि दक्षिण अफ्रिका भ्रमण गर्नेछ ।

श्रीलंकाविरूद्ध तेस्रो टेस्टका लागि समेत बिसिसिआईले टोली घोषणा गरेको छ । टिममा खास ठूलो परिवर्तन केही छैन । यो सिरिजको कप्तानी कोहलीले नै गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed