Breaking News.... EverestOnlineKhabar
June 27, 2026

अब त्रिभुवन बिमानस्थलमा हेलिकप्टर पार्किङ गर्न नपाइने

Loading

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब हेलिकप्टर पार्किङ गर्न नपाइने भएको छ । विमान पार्किङको लागि स्थान अपुग भएपछि नागरिक उड्डयन प्राधिकरणले यो निर्णय गरेको हो । प्राधिकरणले पार्किङ क्षेत्र विस्तारको योजना पनि अघि सारेको छ । पार्किङस्थलको अभावका कारण ट्राफिक जाम बढ्न थालेपछि प्राधिकरणले थप पार्किङ स्थल निर्माण गर्न लागेको हो ।

प्राधिकरणले विमानस्थल पछाडिपट्टि रहेको फुटबल ग्राउण्डलाई विमान पार्किङ बनाउने गरि प्रक्रिया अघि बढाएको छ । त्यसैगरी राजधानी बाहिर पनि हेलिकप्टर पार्किङस्थल विस्तारको काम पनि भैरहेको छ ।

हवाई सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड सबै पुरा गर्न नसकेका कारण नेपाल ईयूको कालोसूचीमा छ । ईयूको प्रतिबन्धित सूचीबाट हटेपछि मात्रै नेपाली विमानलाई उनीहरुको मुलुकमा उडानको बाटो खुल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.