Breaking News.... EverestOnlineKhabar
June 27, 2026

बेलायती राजकुमार ह्यारीको अमेरिकी नायिका मेगानसंग विवाह सुनिश्चित

Loading

बिबिसि । बेलायती राजकुमार ह्यारीको अमेरिकी नायिका मेगानसंग विवाह सुनिश्चित भएको छ । नायिक मेगानसंग प्रेम सम्बन्धमा रहेका राजकुमार ह्यारी र मेगानको विवाह सुनिश्चित भएपछि समर्थकहरुमा खुशी छाएको छ । राजकुमार ह्यारी र मेगान सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए ।

अर्कै पुरुषसँग विहे गरेर डिभोर्स गरेकी मेगानसँगको प्रेम सम्बन्धलाई बेलायती राजपरिवारले सहज मानिरहेको थिएन । तर, अहिले सबै कुरा सहज भएको ठानिएको छ । फलतः राजकुमार ह्यारीले अमेरिकी सिने नायिका समेत रहेकी मार्कलसँग मंगनी गरेर दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन् । प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मेगान मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो ।

एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएकोबारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको उल्लेख गरेका छन् ।

आगामी केही महिनापछि उनीहरुको विवाह हुने भएको छ भने विवाहपछि नवजोडी केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नेछन् ।

बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट पाँचौ पालोमा ह्यारीले राजगद्दी सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.