![]()
हुम्ला । हुम्लाको सिमकोट बिमानस्थलमा तारा एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । बिमानस्थलबाट सुर्खेतका लागि उडदै गर्दा जहाज धावनमार्गमै दुर्घटनामा परेको हो ।
नाइनएन एबिएम कल साइनको भएको सो जहाज बायाँ साइडको टायर एक्कासी पन्चर भएपछि दुर्घटनामा परेको हो । जहाजमा चालक दलका सदस्य सहित १६ जना यात्रु थिए । जहाजमा सवारमध्ये चार जना घाइते र १२ सकुशल रहेका छन । जहाज दुर्घटना भए लगत्तै सबै यात्रुको उद्दार गरी जिल्ला अस्पतालमा लगिएको थियो । जहाजमा १३ जना यात्रु जनपद प्रहरी थिए ।
दुर्घटनामा अगाडि बसेका चालकदलका सदस्य र केही यात्रुलाई चोट लागेको छ । सबैयात्रु जोखिममुक्त रहेको जनाइएको छ । दुर्घटनामा जहाजका क्याप्टेन बसन्त लामा र को पाइलट अमित गुरुङको नाकमा चोट लागेको छ ।
यात्रु भरेर सुर्खेतका लागि टेकअफ रनिङ भइसकेको जहाजको एकसय मिटर अगाडि बढिसकेपछि टायर पन्चर भएको थियो । पन्चर भएपछि पाइलटले एयरपोर्ट कै तीन ठाउँमा ब्रेक लगाउन खोजेका थिए ।

जहाजको ककपिट पूर्ण रुपमा क्षति भएको छ । जहाजको तीन वटै टायर र दायाँ पखेटामा केही क्षति पुगेको छ ।


