Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

चितवन । प्रतिनिधिशभा निर्वाचनका लागि चितवन ३ बाट उम्मेदवार रहनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव जित्न सहज छैन । राप्रपा प्रजातान्त्रिकका बिक्रम थापा उत्तिकै बलियो उम्मेदवार भएपछि प्रचण्ड सकसमा पर्नुभएको हो । लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरूले निर्वाचन प्रचार अभियान तीव्र पारेपछि प्रचण्ड कमजोर परेको संकेत देखिन थालेका छन ।

चितवन क्षेत्र न ३ बाट प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका राप्रपाका महामन्त्री विक्रम पाण्डे र नेपाली कांग्रेसका युवा नेता एवम् लोकतान्त्रिक गठबन्धनका चितवन क्षेत्र न ३ (क) का प्रदेश सभा सदस्यका साझा उम्मेदवार दिनेश कोइरालाले संयुक्त रूपमा भरतपुर महानगरपालिकाबाट प्रचार अभियान बढाएका छन् भने प्रदेशसभा (ख)का साजन महतोले माडीक्षेत्रबाट प्रचार अभियान अघि बढाएका छन् ।

भरतपुर महानगरको स्थानीय निर्वाचनमा प्रचण्डकी छोरी रेणुलाई नगरप्रमुख पदमा विजयी बनाउन गरिएका गैरलोकतान्त्रिक व्यवहारबाट महानगरका बासिन्दाहरु आजित छन् भने जनयुद्धकालमा बाँदरमुढेमा भएको निहत्था र निमुखा यात्रुसवार बसमा बम प्रहार गरी गरिएको नरसंहारको घाउ माडीवासीले अझै विर्सेका छैनन् । यसैले चितवन क्षेत्र नं ३ को निर्वाचन चितवनका मतदाताको विवेकको परीक्षाको रुपमा लिइएको छ ।

स्थानीय तह निर्वाचनमा छोरीलाई मेयर बनाउनेवित्तिकै त्यसको गुन विर्सेर एकीकृत कम्युनिष्ट पार्टीको निर्माण गरी त्यसका माध्यमबाट कम्युनिष्ट शासन सञ्चालन गर्ने सपना देखेका प्रचण्डलाई पराजयको स्वाद चखाउन स्थानीय तहको निर्वाचनमा जित्ने टिकट प्रचण्डको छोरीको लागि त्याग गरेका कांग्रेसका युवा नेता दिनेश कोइराला र राप्रपाका महामन्त्री तथा वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे पनि कस्सिएका छन् ।

बामपन्थी गठवन्धनका साझा उम्मेदवार माओवादी अध्यक्ष प्रचण्डले भने चितवनमा आफू झन बलियो भएको दावी गर्दै आउनु भएको छ । उहाँले माडी घटनामा माफी माग्दै त्यो युद्धकालमै सबैभन्दा ठूलो भूलो भएको स्वीकार गर्नुभएको छ । उहाँले चितवन र माडीका जनताले अनुभूत गर्न पाउने गरी बैधानिक रुपमा सहयोग गर्न आफू आतुर रहेको बताउनु भएको छ । उहाँका प्रतिष्पर्धी पाण्डेले भने प्रचण्डलाई भोट दिन अघि बिगतमा आफूले चन्दा दिएको स्मरण गर्न सचेत गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.