![]()
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) सँगको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । छनोट समितिले सोमबार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
नेपालले दोस्रो चरणमा छनोट भएका २० खेलाडीबाट युएईसँग खेल्ने ४ वैकल्पिकसहित १४ सदस्य नेपाली टोलीको घोषणा गरेको हो ।
हङकङसँगको खेलमा टिममा रहेका सुशील कँडेल टोलीबाट बाहिरिएका छन् । वैकल्पिक मध्येका अनिल कुमार साह र जितेन्द्र मुखिया पनि टोलीमा परेका छन ।
च्याम्पियनसिप अन्तर्गत सातौं चरणमा नेपालले युएईसँग आगामी डिसेम्बर ६ र ८ मा खेल्दैछ । दुई टोलीबीचको खेल अबुधावीको शिख जायेद रंगशालामा हुनेछ । च्याम्पियनसिपबाट नेपाल र युएई दुवै टोली डिभिजन–२ मा घटुवा भइसकेका छन् ।
नेपाली टोली
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शरद भेषावकर
विनोद भण्डारी
वसन्त रेग्मी
शक्ति गौचन
सोमपाल कामी
सागर पुन
करण केसी
दिपेन्द्र सिंह ऐरी
सन्दिप लामिछाने
दिलिप नाथ
ललित भण्डारी
आरिफ शेख
वैकल्पिक खेलाडी
अनिलकुमार साह
जितेन्द्र मुखिया
कुशल भुर्तेल
सिद्धान्त लोहनी


