![]()
बारा । तस्बीरमा देखिएकी यी महिला बाराको सुवर्णपुर गाउँपालीका ५ प्रशुरामपुरकी नेजमा खातुन हुन । आफ्नै छोरीको हत्या गरेको अभियोगमा यीनलाई प्रहरीले अहिले पक्राउ गरेको छ ।
मंसिर ४ गते साँझ ६ बजेदेखि बेपत्ता भएकी २ वर्षीय बालिका बबिया खातुनको शव घरबाट २०० मिटर पर पोखरीमा तैरिएको अवस्थामा मंसिर ७ गते भेटिएको थियो । नावालिका खातुनलाई यीनैले हत्या गरी पोखरीमा फालेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
प्रहरीले छोरीको शव भेटेपछि आमा नेजमा खातुन घरबाट भागेर गाउँमै लुकिछिपी बस्दै आएकी थिइन् । प्रहरीले मंसिर ८ गते उनलाई गाउँबाटै पक्राउ गरेको हो ।
नेजमाका श्रीमान इब्राहिम मिया केही समयदेखि वैदेशिक रोजगारीमा छन् । प्रहरीका अनुसार नेजमा र उनका श्रीमानको घरयासी विवादमा टेलिफोनमा झगडा भएको थियो । श्रीमानलाई आफू र बच्चा दुबै मर्ने मार्ने धम्की दिएकी नेजमाले पहिले छोरी मारेर आफू पनि मर्ने मनसाय बनाएको प्रहरीले जनाएको छ ।


