Breaking News.... EverestOnlineKhabar
August 15, 2026

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट

Loading

झापा,१२ मंसिर ।
नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको झापास्थित घरमा बम विष्फोट भएको छ । सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि कम्पाउन्डमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटबाट पर्खालको ईंटा भत्किएको छ ।
झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीले बम विष्फोटबाट घरको कम्पाउण्ड वाल भत्किएको र ठूलो क्षति नभएको जानकारी दिए । गएराति करिब १२ः४५ को समयमा बम विष्फोट भएको थियो । सो समयमा नेता सिटौला परिवारका सदस्यहरुसहित घरभित्रै थिए ।
बम विष्फोटमा संलग्न भएको आशंकामा शंकास्पद एकजनालाई पक्राउसमेत गरेको झापा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.