![]()
काठमाडौं । बिभिन्न ३२ जिल्लामा पहिलो चरणमा भएको प्रदेश र प्रतिनिधिशभा निर्वाचनको मतपेटिका संकलनको क्रम जारी छ । अधिकांश स्थानमा आइतबार नै मतपेटिका संकलन भएपनि दुर्गम र हिमाली क्षेत्रमा भने सोमबार हेलिकप्टरमार्फत ढुवानी गरिएको छ ।
बिकट र सुरक्षा जोखिम तथा प्रतिकुल मौसम भएका केही स्थानमा मंगलबार बिहानसम्ममा मतपेटिका संकलन गरिसक्ने निर्वाचन आयोगले जनाएको छ ।
धादिङका उत्तरी क्षेत्रहरूबाट समेत हेलिकप्टरमा राखेर मतपेटिका सदरमुकाम ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका अधिकांश मतदान केन्द्रहरूबाट हेलिकप्टरमा मतपेटिएका ल्याइएको हो ।
सडक सञ्जालले छुन नसकेको रुवीभ्याली गाउँपालिका र गंगाजमुना गाउँपालिकाबाट मतपेटिका सदरमुकाम ल्याइएको हो ।
२१ गतेबाट मात्रै मतगणना हुने भएकाले मतपेटिकालाई कडा सुरक्षाकाबीच राखिने निर्वाचन आयोगले जनाएको छ ।


