![]()
बिबिसि । अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेसीले बार्सिलोनासंग नयाँ सम्झौता गरेका छन । मेरीले बार्सिलोनासंग चार बर्षको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
मेसीले अवको चार वर्ष अर्थात २०२१ सम्म स्पेनको बार्सिलोना क्लबबाटै खेल्ने सम्झौता गरेका हुन ।
सिजनको समाप्तिसंगै बार्सिलोनाका स्टार ३० बर्षीय लियोनेल मेसीले क्लब छाड्ने चर्चा चलेका थियो । उनले बार्सिलोनासंग कीर्तिमानी ७ सय मिलियन डलरमा नयाँ अनुबन्धपत्रमा हस्ताक्षर गरेका हुन ।
चार बर्षको लागि बार्सिलोनामा नयाँ अनुबन्धित भएपछि अव मेस्सी प्रत्येक साता ५ लाख युरो प्राप्त गर्नेछन् । मेसी विगत एक दसकदेखि बार्सिलोना क्लबवाट खेल्दै आएका छन ।


