Breaking News.... EverestOnlineKhabar
September 30, 2026

सिरहामा प्रहरीमाथि गोली चलाउनेहरु धनुषामा पक्राउ, बैंक लुटने उद्देश्य राखेको बयान

Loading

धनुषा । सिरहामा प्रहरीमाथि गोली प्रहार गर्ने तीनजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव रोय, मनोज रोय र सुरेन्द्र रोय रहेका छन् । उनीहरुले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई काठमाडौं ल्याएर प्रहरी अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ ।

मोटरसाइकलमा पेस्तोल बोकेको अवस्थामा सडकमा चेकजाँच देखेपछि शिव र मनोजले प्रहरीमाथि गोली प्रहार गरेका थिए । उनीहरुको गोलीबाट प्रहरी ढलेपछि आफूले प्रयोग गरेको मोटरसाइकल त्यही छाडी अर्को मोटरसाइकल मगाएर उनीहरु फरार भएका थिए । मोटरसाइकल ल्याएर भगाउने सुरेन्द्र राय पनि पक्राउ परेका छन् ।

कुनै आपराधिक घटना गराउने उद्देश्यले पेस्तोल बोकेर हिँडेको र प्रहरी देखेपछि पक्राउ पर्ने डरले प्रहरीकै हत्या गरी भाग्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  पक्राउ परेका तीनैजनाले आफूहरुले सिरहामा रहेको कुनै बैंक लुट्ने योजनाका साथ हतियारको व्यवस्था गरेको प्रहरीमा बयान दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed