Breaking News.... EverestOnlineKhabar
August 23, 2026

प्रधानमन्त्री देउवा र कांग्रेस नेता पौडेलले एक स्वरमा भने, ‘कम्युनिष्टहरुले बहुमत पाए नेपालमा चुनाव कहिल्यै हुँदैन’

Loading

तेह्थुम । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए उनीहरुले फेरि कहिल्यै चुनाव नगराउने आरोप लगाउनु भएको छ ।

तेह्रथुमको म्याङ्लुङमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ? भन्ने जनमत संग्रह नै भएकाले कांग्रेसलाई मत दिन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले काँग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्थाको उदय हुने दावी गर्नुभयो ।

लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्ने तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न समेत नपाउने प्रधानमन्त्रीले बताउनुभयो ।
वाम गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने योजना बनाएको प्रधानमन्त्री देउवाको तर्क थियो ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिस्टहरु सधैँ हिंसाको बाटोतर्फ अग्रसर रहने आरोप लगाउनुभयो । नेता पौडेलले कम्युनिस्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै काँग्रेसले सधैँ समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गरेको जिकीर गर्नुभयो ।

सोमबार नै प्रधानमन्त्री देउवा र नेता पौडेलले झापामा आयोजित आमसभालाई पनि सम्बोधन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.