![]()
एजेन्सी । ‘मिस युनिभर्स २०१७’ को उपाधि साउथ अफ्रिकाले जितेको छ । विश्वभरका ९२ प्रतिस्पर्धीलाई पछि पार्दै साउथ अफ्रिकाकी डेमिलेग नेलपेटर्सले यो उपाधि हात पारेकी हुन । २२ बर्षीया डेमिलेग अमेरिकामा बस्दै आएकी थिइन् भने उनी मोडलको रुपमा पनि काम गर्दै आएकी थिइन् ।
मिस युनिभर्स २०१७ मा मिस जमाइका डेभिना बेन्नेट सेकेन्ड रनर्सअप र मिस कोलम्बिया लाउरा गोन्जालेज फस्ट रनर्सअप भए ।

प्रतियोगिताको ६६ औं संस्करणबाट नेपाल पहिलो चरणमै बाहिरियो । यो नेपालको पहिलो सहभागिता थियो । जसमा मिस नेपाल अर्थ २०१२ की नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । नग्मा प्रतियोगिताको ’बेस्ट इन इभिनिङ गाउन’ सेसनमा भने उत्कृष्ट ९ मा पर्न सफल भएकी थिइन् ।



