Breaking News.... EverestOnlineKhabar
August 23, 2026

यौन दुर्व्यवहारको आरोप लागेपछि चिरपरिचित अमेरिकी अधिकारकर्मीको राजीनामा

Loading

बिबिसि । अमेरिकाका एकजना चिरपरिचित नागरिक अधिकारकर्मी यौन दुर्व्यवहारको अभियोग लागेपछि उनले संसद्को न्यायिक समिति सदस्यबाट राजीनामा दिएका छन ।

८८ वर्षीय डेमोक्र्याट कनयर्ज सन् १९६० को दशकमा राष्ट्रपति लिण्डन जनसनको मातहतमा काम गर्ने अन्तिम सांसद थिए । कनयर्जले भने आफूमाथिका अभियोग अस्वीकार गर्दै आफ्नो नाम चोख्याउन राजीनामा दिएको बताएका छन् ।  अमेरिकी सञ्चारमाध्यम, हलिवूड र राजनीतिका प्रभावशाली व्यक्तिविरुद्ध यौन दुर्व्यवहारको अभियोग श्रृंखलावद्ध रुपमा लागिरहँदा उनको यो निर्णय आएको हो ।

मिसिगनका यी सांसदकी एकजना कर्मचारीले आफूले यौन प्रस्ताव अस्वीकार गरेपछि आफूलाई जागिरबाट निकालिएको अभियोग लगाएकी छन् । प्रभावशाली मानवअधिकारकर्मी कनयर्जले सन् १९६५ मा संसद् प्रवेश गरेका थिए।

संसद्को आचारसंहितासम्बन्धी समितिले यौन दुर्व्यवहार र उमेर विभेद लगायतका अभियोगमाथि अनुसन्धान थालेको छ ।
सन् २०१५ मा एकजना महिलाले यौन प्रस्ताव अस्वीकार गर्दा पदबाट हटाइएको थियो भन्ने अभियोग गोप्य राख्ने शर्तमा उनले ती महिलालाई २७ हजार डलर तिरेका थिए भन्ने खबर गत बिहीवार आएको थियो ।

रिपब्लिकनका सभामुख पल रायनले उक्त अभियोगलाई ’अति समस्याकारी’ भनेका छन् । उनले हालै सांसदहरु र कर्मचारीहरुले यौनदुर्व्यवहारविरुद्धसँग जुध्नका लागि दिइने तालिम गर्नुपर्ने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.