Breaking News.... EverestOnlineKhabar
June 24, 2026

इलामको सुलुबुङ एमालेमय, खनालले गराए २०० जना कांग्रेसलाई एमालेमा प्रवेश

Loading

इलाम । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनाल चुनावी अभियानमा सक्रिय भएसंगै गृह जिल्ला इलाम नै एमालेमय भएको छ । खनाल क्षेत्र नम्बर १ बाट प्रतिनिधिशभाको उम्मेदवार भएपनि उहाँ चुनावी अभियानमा सक्रिय भएपछि समग्र जिल्लामै यसको अशर परेको छ ।

अहिले क्षेत्र नम्बर १ मात्र होइन खनाल सहभागी जिल्लाका सबै कार्यक्रममा एमाले प्रवेश गर्नेहरुको लहर चलेको छ ।  खनाल बिभिन्न पार्टीका सयौं नेता कार्यकर्तालाई दैनिक आफनो पार्टीमा भित्र्याइरहनु भएको छ ।

स्थानीय सन्दकपुर गाउँपालिकास्थित सुलुबुङ आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री खनालले दुई सय भन्दा बढी कांग्रेस कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभयो । एमाले प्रवेश गर्नेमा सुलुबुङका सुबेदी र निरौलापरिवार समेत रहेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले समाजवादी लोकतन्त्रलाई आत्मसाथ गर्दै मुलुक आर्थिक विकास गर्न एमाले प्रतिबद्ध रहेको धारणा राख्नुभयो । समाजवादी लोकतन्त्रबाट मात्र देशको विकास सम्भव भएकाले एमाले तन मन र धनका साथ यसमा लागेको उहाँले स्पष्ट पार्नुभयो ।

नेता खनालले सुलुबुङ क्षेत्रको कृषि र पर्यटनको विकास गर्न आफूले योजना बनाइसकेको समेत स्थानीयवासीलाई जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed