Breaking News.... EverestOnlineKhabar
August 17, 2026

मेक्सिको सरकारद्वारा ज्वालामुखीयुक्त टापु वरपरको समुद्री क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा

Loading

बिबिसि । मेक्सिको सरकारले देशको प्रशान्त महासागरको तटपारी रहेका चार ज्वालामुखीयुक्त टापूहरु वरपरको समुद्री क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।

१५० हजार वर्ग किलोमिटर क्षेत्रफलको उक्त क्षेत्र उत्तर अमेरिकाको सबैभन्दा ठूलो संरक्षित समुद्री क्षेत्र हुने बताइएको छ । त्यहाँ माछा मार्न र होटेल बनाउन रोक लगाइनेछ ।

संयुक्त राष्ट्र संघले गत वर्ष विभिन्न पक्षी र जनावरका सयौं प्रजाती रहेको त्यस क्षेत्रलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । यो घोषणाको अर्थ अब सबै माछा मार्ने गतिविधिहरुमाथि प्रतिबन्ध लाग्नेछ र उक्त क्षेत्रमा नौसेनाले गस्ती गर्नेछन् ।

यो कदमले अब संरक्षित गरिएको क्षेत्रमा व्यवसायिक माछा मार्दा उनीहरुको जनसंख्या वृद्धिमा मद्दत गर्ने आशा गरिएको छ । मेक्सिकोका राष्ट्रपति इनरिके पेन्या नियटोले विशेषआदेशमार्फत उक्त क्षेत्रलाई संरक्षित भनि घोषणा गरेका हुन् । यो क्षेत्रबाट प्राकृतिक स्रोत उत्खनन गर्न पनि प्रतिबन्ध लगाइने छ । नयाँ होटल पनि बनाउन पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.