Breaking News.... EverestOnlineKhabar
October 1, 2026

चीनमा शिशुमाथि यातनादेखि यौन दुर्व्यवहारसम्म

Loading

बिबिसि । शिशुहरुमाथि दुर्व्यवहार भएका खबरहरु सार्वजनिक भएपछि बेइजिङका अधिकारीहरुले ‘आरवाइबी’ समूहसँग सम्बद्ध शिशु केन्द्रमाथि अनुसन्धान अघि बढाएका छन । सो कम्पनीले पनि “नराम्रो अशान्ति“ उत्पन्न गराएकोप्रति “गहिरो क्षमा“ मागेको छ ।

शिशु केन्द्रमा बालबालिकामाथि दुव्र्यवहार हुने खबर आएपछि बेइजिङका अधिकारीहरुलेसबै नर्सरीहरुमा सुरक्षा जाँच तीव्र पारेका छन ।
सांघाइस्थित एउटा बालबच्चा हेर्ने केन्द्रमा कैयौं शिशुहरुप्रति दुर्व्यवहार गरेको आरोप लागेको केही हप्तापछि अर्को खबर प्रकाशमा आएको हो । आरवाइबी सम्बद्ध शिशु केन्द्रमा कम्तीमा आठजना शिशुलाई नाम नखुलाइएको पदार्थको सुई लगाइएको बताइएको छ ।

स्थानीय सञ्चार माध्यमलाई आमाबाबुले उनीहरुका बच्चाका शरीरमा सुई लगाएको चिन्हहरु भेटेको बताएका थिए र उनीहरुले ती तस्वीरहरु अनलाइनमा राखेका थिए । बालबालिकालाई दिउँसो सुताउनु अघि चक्की अथवा झोल औषधी खुवाइने गरेको पनि बाबुआमाले बताएका थिए ।

राज्य सञ्चालित टेलिभिजन सीसीटीभीसँग एकजना बाबुले उनका बच्चालाई दिउँसोको खानापछि दुईवटा सेतो चक्की दिने गरिएको र चक्की खाएर सुत्न पठाइने गरिएको बताए ।

स्थानीय सञ्चार माध्यमले केही बाबुआमाहरुले आफ्ना बच्चाहरुमाथि यौन दुर्व्यवहार भएको हुनसक्ने आरोप पनि लगाएका छन् । आफ्ना बालबच्चालाई नाङ्गै पारेर यातना दिने गरिएको उनीहरुले बताए । यी घटनापछि गत बिहिबार कैयौं बाबुआमा उक्त शिशु स्याहार केन्द्र बाहिर विरोधका लागि जम्मा भएका थिए । केहीले बालबच्चा तह लगाउन सुई पनि लगाउने गरिएको बताए ।

प्रहरीले नर्सरीको सीसीटीभी फुटेज आफ्नो नियन्त्रणमा लिएको छ । तीनजना शिक्षकहरु निलम्बनमा परेका छन् । बेइजिङको महानगरीय शिक्षा आयोगले बेइजिङका सबै नर्सरीमा “बृहत् सुरक्षा जाँच“ गरिएको बताएका छन् । घटनाबारे सामाजिक सञ्जालहरुमा व्यापक छलफल गरिएको छ र कैयौंले आक्रोश व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed