![]()
नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेकाले प्रतिनिधि तथ प्रदेश निर्वाचनमा कांग्रेसलाई जिताउन अपिल गर्नुभएको छ ।
नेपाली कांग्रेसको सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले नवलपरासीको सुनौलमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै तानाशाही कम्युनिष्ट शासन रोज्ने कि लोकतन्त्र रोज्ने छुट्याउने जिम्मा जनताको भएको बताउनुभयो । उहाँले बामगठबन्धनले फ्लप भएको कम्युनिष्ट शासन लाद्न खोजेको भन्दै डरत्रासको शासन कसैले नरोज्नेमा आफू ढुक्क भएको बताउनुभयो ।
नयाँ संविधानले जनतालाई मालिक बनाएको तर, कम्युनिष्ट गठबन्धनले संविधान खारेज गरेर एकदलीय तानाशाही शासन लाद्न खोजेको उहाँको आरोप छ ।
यस्तै, शनिवार नै पाल्पामा आयोजित चुनावीसभामा पनि प्रधानमन्त्री देउवाले कांग्रेसको जित सुनिश्चित भइसकेको उल्लेख गर्नुभयो ।

उहाँले कांग्रेसको पक्षमा बढेको जनमत देखेर कम्युनिष्टहरु आत्तिएको तर्क गर्नुभयो । एमाले अध्यक्ष केपी ओलीका असन्तुलित अभिव्यक्ति हतासको उपज भएको उहाँले बताउनुभयो ।


