![]()
काश्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केरुङबाट काठमाडौं जोडने रेललाई पोखरासम्म ल्याउने आश्वासन दिनुभएको छ ।
पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि बामपन्थी सरकार बन्ने र सो सरकारले केरुङबाट काठमाडौं आउने रेललाई पोखरासम्म बिस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अब रेल ल्याइन्छ, ल्याइन्छ । त्यो दिन धेरै टाढा छैन ।’’

पुसपछि नेपाली कांग्रेसको सरकार नरहने दावी गर्दै अध्यक्ष ओलीले बामपन्थी सरकारले नै मुलुकको कायापलट गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले कास्कीका सबै नौ क्षेत्रमा वाम गठबन्धनले नजिते लाज हुने भएकाले सोही अनुसार अभियानकै रुपमा अघि बढन कार्यकर्तालाई निर्देशन दिनुभयो ।


