![]()
दोलखा । दोलखमा नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को डाकार्यालयको गटेमा राखिएको सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो ।
सकेट बम राखिएको स्थानमा काँग्रेसले आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्नुभएको छ ।


