![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफना पुत्र प्रकाश दाहाल आफनो सफलताको मुख्य आधार भएको बताउनु भएको छ ।
लाजिम्पाटस्थित निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कृतज्ञता मन्तब्य दिँदै अध्यक्ष दाहालले छोरा प्रकाशकै कारण आफनो दोस्रो प्रधानमन्त्रीको काल सफल र उल्लेख्य रहेको स्मरण गर्नुभयो । उहाँले कलिला दुई छोराहरुलाई टुहुरो बनाएर प्रकाश ३६ वर्षको उमेरमा बिदा भएको भन्दै ३६ वर्षको उमेर संसार बुझ्न र बाँच्न अत्यन्तै थोरै समय भएको धारणा राख्नुभयो ।
आफ्नो सक्रिय राजनीतिका कारण लालनपालमा बाबुका रुपमा आफूले कहिल्यै प्रकाशमाथि न्याय गर्न नसकेको भन्दै उहाँले प्रकाशलाई केबल प्रचण्डको छोरोको रुपमामात्रै सीमित गर्न खोजेकाले उनको योग्यता, भूमिका र क्षमताको चर्चा हुन नसकेको धारणा राख्नुभयो ।
अध्यक्ष दाहालले पुत्रशोकमा रहेकाबेला देश बिदेशबाट प्राप्त समवेदनाले आफू र आफनो परिवारलाई शक्ति मिलेको उहाँले बताउनुभयो । मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतस्फूर्त रुपमा उर्लिएको जनसागरलाई प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको उहाँले बताउनुभयो ।
श्रद्धाञ्जली कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव नेपाल, लोकेन्द्रबहादुर चन्द लगायत बिभिन्न दलका नेता, कार्यकर्ता र बिदेशी कुटनीतिक नियोगका प्रमुखहरु सहभागि थिए ।


