Breaking News.... EverestOnlineKhabar
October 3, 2026

निर्वाचन सार्न लागेको भन्दै ओलीले लगाएको आरोप झूठो : प्रधानमन्त्री देउवा

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले आफूमाथि निर्वाचन सार्न लागेको भन्दै सरसर झूठो आरोप लगाइरहेको गुनासो गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग बुधबार बालुवाटरमा भेट गर्दै प्रधानमन्त्री देउवाले आफुमाथि निर्वाचन सार्न लागेको भन्ने आरोप लगाइए पनि त्यसमा कुनै सत्यता नभएको दावी गर्नुभयो । निर्वाचन सार्न लागेको भनेर आफुमाथि भ्रमको खेती गरिरहेको भन्दै ओलीका कुराका पछाडी नलाग्न आग्रह गर्नुभयो । उहाँले जस्तोसुकै हालतमा पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने पक्षमा आफु रहेकोे स्पष्ट पार्नुभयो ।

एमाले अध्यक्ष केपी ओलीको नाम लिदै प्रधानमन्त्री देउवाले ‘केपी ओलीजीले निर्वाचन सार्न लागेको भनेर पटक पटक भन्दै आउनुभएको छ । उहाँले विनाआधार किन त्यस्तो कुरा गर्नुहुन्छ मलाइ थाहा छैन ? उहाँले त मतदान सकिएपछि पनि निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ भनेर भन्न बेर लाउनुहुन्न ।’

निर्वाचन सम्पन्न गर्न आफु अहोरात्र लागिरहेको भन्दै प्रधानमन्त्री देउवाले निर्वाचनको सवै तयारी पनि भइसकेकाले अव निर्वाचन सर्ला कि भनेर आशंका नगर्न आग्रह गर्नुभयो । ‘कुनै हालतमा निर्वाचन सर्दैन । बरु तपाई सञ्चारकर्मीले सहयोग गर्नुस् । बम पड्काउने काम भइरहेको छ उनिहरुलाई निस्तेज गर्न सहयोग गर्नुस् ।’

भेटमा महासंघको टोलीले राज्यले नियन्त्रणमा लिएका ८ जना पत्रकारहरुलाई विनाशर्त रिहाइ गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed