Breaking News.... EverestOnlineKhabar
June 26, 2026

काठमाडौ क्षेत्र नम्बर १ (क) का उम्मेद्वार दिपेन्द्र श्रेष्ठको चर्चा,क्षेत्र नं.१ कांग्रेसमय,जित अब प्राविधिक रुपले मात्र बाँकी

Loading

काठमाडौ,७ मंसिर ।
मुलुकको राजधानी काठमाडौ त्यसमा पनि काठमाडौमा बौद्धिक जमात बढी बसोबास गर्ने काठमाडौ क्षेत्र नम्बर १ चुनाव नजिकिँदै जाँदा कांग्रेसमय भएको छ । प्रतिनिधिसभा काठमाडौ क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंह,काठमाडौ क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ का उम्मेद्वार् दिपेन्द्र श्रेष्ठ र ‘ख’का उम्मेद्वार सुरजचन्द्र लामिछानेको पक्षमा पुरै माहोल पल्टिएको छ ।
तीन जना उम्मेद्वार मध्ये क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेद्वार युवा तथा प्रभावशाली नेता दिपेन्द्र श्रेष्ठ उम्मेद्वारको रुपमा क्षेत्रिय समितिबाट सिफारिस भएदेखि नै निकै चाँसो र चर्चाको केन्द्रविन्दुमा रहेका छन् । यति मात्र नभई उम्मेद्वार बन्ने निश्चित भएपछि श्रेष्ठको चर्चा झन् चुलिएको थियो । युवा,बौद्धिक व्यक्ति र स्थानीय माझ निकै लोकप्रिय रहेका युवा नेता श्रेष्ठले निर्वाचनको क्रममा ल्याएको नाराले उनीप्रति आममतदातको आर्कषण झ्न चुलिएको छ ।
श्रेष्ठले यस क्षेत्रको भौगोलिक,सामाजिक ,धार्मिक साथै बिपन्न र निम्न आय, सिमित आय भएका जन समुदायलाई एक घर एक रोजगार भन्ने नारा ल्याएर मतदाता माझ पुगिरहेका छन् । श्रेष्ठको यो नारा र संकल्पले यस क्षेत्रका मतदाता र जनता अनपेक्षित रुपले श्रेष्ठको पक्षमा देखिएका छन् ।

यस क्षेत्रमा सत्यवादी युवा समेत भनेर चिनिने प्रदेश नम्बर क का युवा नेता श्रेष्ठले सरकारी जग्गा हडपेर बसेका भु–माफियाबाट जग्गा फिर्ता लिन सफल भएका छन् । यो घटनाले पनि यस क्षेत्रका जनतामाझ मुटुका ढुकढुकी जस्तै बनेका श्रेष्ठले खाली जग्गामा सामुदायिक हितमा हुने काम लागि र अन्य प्रयोजनको लागि सामुदायिक भवन र आवश्यकता हेरि पार्क निर्माण कार्यलाई प्राथमिकतामा राखेर कार्ययोजना समेत बनाएका छन् ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा आएका चर्चित युवा नेता श्रेष्ठले विद्यार्थीका समस्यालाई पनि उत्तिकै प्राथमिकतामा राखेका छन् । श्रेष्ठले विद्यार्थीका सबै खाले समस्याको समाधान गर्न विद्यार्थीको माझमै हुनुपर्नेमा जोड दिएका छन् । उनले विद्यार्थीहरुमा पढाईको मात्र समस्या नभई आर्थिक र सामाजीक समस्या पनि हुने भएकाले यसतर्फ राज्यको ध्यान जानु जरुरी रहेको बताएका छन् । आफुले विद्यार्थीका समस्या राम्ररी बुझेको भन्दै प्रदेशसभा उम्मेद्वार श्रेष्ठले विद्यार्थीका सबै खाले समस्या समाधान गर्न आफु अग्रसर हुने संकल्प व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed