![]()
काठमाडौं । मिस लिम्बू–२०१७’ को उपाधि अविशा फुदोङ लिम्बूले जितेकी छिन । १३ जना प्रतिस्पर्धीलाई उछिन्दै अविशा पाँचौं मिस लिम्बू बन्न सफल भएकी हुन् । अविशाले ताजसँगै एक लाख रुपैयाँ प्राप्त गरेकी छिन । उनलाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज पहिराएदिइन् ।
प्रतियोगितामा सन्ध्या तुमबाहाम्फे र सवनम सावाँ लिम्बू क्रमश फस्ट रनरअप र सेकेन्ड रनरअपको उपाधि जिते । उनीहरूले पनि क्रमश ः ताजसहित ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ प्राप्त गरे ।
‘विशेष टाइटल उपाधि मानिएको ‘मिस युमा कल्चर’ को उपाधि भने मेनुका साउदेनले पाइन् । यसबापत् उनले पनि ५० हजार रुपैयाँ पाइन् ।


