Breaking News.... EverestOnlineKhabar
August 15, 2026

कांग्रेसका कारण नेपाल बिदेशीहरुको क्रिडास्थल बनेको भन्दै रूपन्देहीमा कुर्लिए ओली

Loading

रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विदेशीहरुको प्रयोगथलो भएको भन्दै सचेत हुन सबैलाई आग्रह गर्नुभएको छ । बुटवलमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यस्तै सरकारहरुका कारण मुलुक विदेशीहरुको प्रयोगथलो भइरहेको छ ।’

कांग्रेसले अनेक भ्रमहरु छरेर वामपन्थीको विपक्षमा जनमत बनाउन खोजेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘वाम गठबन्धनको सरकार बन्यो भने लोकतन्त्र खतरामा पर्छ, अधिनायकवाद आउँछ भनेर हल्ला गर्नेहरुलाई सोध्न चाहन्छु, ०४६ सालमा लड्दा को थियो ? रामपुरमा, पाल्पामा, गुल्मीमा, बुटवलमा लड्दा उहाँहरु कहाँ हुनुहुन्थ्यो? एकपल्ट सम्झना राखेर बोल्न अनुरोध गर्न चाहन्छु । ’

अध्यक्ष ओलीले एमालेको इतिहासलाई चुनौती दिन सक्ने शक्ति नेपालमा नरहेको भन्दै कोही छ भने खुलेआम भिडन तयार रहेको चेतावनी दिनुभयो । ‘मेडिकल कलेजमा विद्यार्थी पठाउने एजेन्सीसँग मिलेर देशभित्र मेडिकल कलेज खोल्न दिँदैनन्।’ आगामी निर्वाचनले नेपाल कता जाने भन्ने टुंगो लगाउने भएकाले देशको राष्ट्रियता र स्वाधीनताको संरक्षण गर्ने शक्तिलाई जिताउन उहाँले आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले निर्वाचनले पुँजीवादी गणतन्त्र र समाजवादी गणतन्त्रबीचको फैसला गर्ने धारणा राख्नुभयो । निर्वाचनमा हरेक मतदाताले मुलुकको भविष्यको लागि परीक्षा दिने भन्दै मुलुकको भविष्य सम्झेर मतदान गर्न आह्वान गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed