Breaking News.... EverestOnlineKhabar
August 17, 2026

प्रकाशको सम्झनामा गीत गाउँदा गाउँदै ढलेका गायक पाख्रिनको भावपूर्ण बिदाई

Loading

चितवन । चितवनको भरतपुरमा बामगठवन्धनद्वारा आयोजित समारोहमा गीत गाउँदा गाउँदै हृदयाघात भइ मृत्युवरण गरेका जनवादी गायक खुशीराम पाख्रिनको भावपूर्ण बिदाई गरिएको छ ।

पाख्रिनको मंगलबार संयुक्त वाम गठबन्धनले आयोजना गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जलि सभामा गीत गाउने क्रममा हृदयाघात भै निधन भएको थियो ।

पाख्रिनको पार्थिव शरीर बुधवार बिहान चितवनस्थित माओवादी पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितका नेता कार्यकर्ता पार्टी कार्यालय पुगेका थिए ।

पाख्रिनको बुधवार नै अन्त्येष्टि गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१९ रामपुर घर भएका पाख्रिनको जन्म विसं २००९ मा भएको हो । ६५ वर्षीय पाख्रिनका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.