![]()
काठमाडौं । आगामी डिसेम्बर ६ र ८ मा युएईबिरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको दोस्रो चरणका खेलाडी छनौट गरिएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँगको खेलका लागि कप्तान पारस खड्काको नेतृत्वमा २० खेलाडी छनोट गरिएको हो ।
दोस्रो चरणको छनोटमा मेहबुब आलम, नरेश बुढायर, अनिल मण्डल र सौरभ खनाल परेका छैनन् । पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका सुशन भारी, विक्रम शोव र सुनिल धमला पनि टिममा परेनन् । मेहबुब र सौरभले इन्जुरीको कारण बन्द प्रशिक्षणबाट नाम फिर्ता लिएका हुन् ।
दोस्रो चरणको बन्द प्रशिक्षणका लागि यू–१९ एसिया कप खेलेका तीन खेलाडी परेका छन् । यु–१९ का कप्तान दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने र अनिल कुमार साह टोलीमा परेका छन् । युएईसँग खेल्ने अन्तिम टोलीको तय भने केही दिनमा आउने छनोट कमिटीले जनाएको छ ।
च्याम्पियनसिप अन्तर्गत सातौं चरणमा नेपालले युएईसँग आगामी डिसेम्बर ६ र ८ मा खेल्दैछ । दुई टोलीबीचको खेल अबुधावीको शिख जायेद रंगशालामा हुनेछ । च्याम्पियनसिपबाट नेपाल र युएई दुवै टोली डिभिजन–२ मा घटुवा भइसकेका छन् ।
दोस्रो चरणको छनोटमा परेका खेलाडी
पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
विनोद भण्डारी
वसन्त रेग्मी
शक्ति गौचन
सोमपाल कामी
सागर पुन
करण केसी
दिपेन्द्र सिंह ऐरी
सन्दिप लामिछाने
जितेन्द्र मुखिया
आशिफ शेख
अनिलकुमार साह
दिलिप नाथ
हसिम अन्सारी
कुशल भुर्तेल
सुशील कँडेल


