Breaking News.... EverestOnlineKhabar
August 15, 2026

सरकारले एडीबीको १ सय ५० मिलियन अमेरिकी डलर स्वीकार गर्यो, केही उच्च प्रहरी अधिकारीको सरुवा, चार एआइजी थपिए

Loading

काठमाडौं । सरकारले एसियाली विकास बैकको १ सय ५० मिलियन अमेरीकी डलर सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी विकास तथा आधुनिकीकरणका लागि सहायता रकम स्वीकार गर्ने निर्णय गरेको हो सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपाल सरकारको अनुरोध अनुसार शहरी विकास तथा आधुनिकीकरणका लागि एसियालि विकास बैकले सहायता रकम दिन लागेको हो ।
बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई सरुवा गरेको छ ।मिङमारलाई हेडक्वार्टर तानेर उहाँको ठाउँमा बुधबारै डिआइजीबाट आइएजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।

त्यस्तै, ७ नम्बर प्रदेशको प्रहरी प्रमुखमा माधव नेपाललाई सरुवा गरिएको छ । नेपाल पनि बुधवारमात्रै एआइजी बढुवा हुनु भएको हो । बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको छ ।

प्रहरी हेडक्वार्टरले बागलुङ र नुवाकोटका प्रहरी प्रमुखलाई पनि सरुवा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.