Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको फोन न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमार्फत आएको जानकारी प्रहरीले गराएको छ । मंगलबार न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमको फोनमार्फत सर्वोच्च अदालतको प्रधान न्यायाधीसको सचिवालय बम राखिएको भन्दै सबैलाई सर्तक हुन भनिएको थियो ।

‘बम राखेको खबर दिने नम्बरको आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरेका छौं । बम राखेको खबर न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरको फोनबाट आएको रहेछ । थप अनुसन्धन सुरु गरेका छौं,’ प्रहरी स्रोतले भन्यो ।

अपरिचित फोनबाट बम राखेको खबर आएपछि मंगलबार सर्वोच्च अदालतको सबै काम स्थगित गरिएको छ । ‘बम राखिएको खबरको कारण सबै काम प्रभावित भएको छ । खबर आएलगत्तै कर्मचारीहरुलाई बाहिर निकालिको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed