Breaking News.... EverestOnlineKhabar
June 24, 2026

नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाए

Loading

काठमाडौं । नेपाली वैज्ञानिकले ब्रम्हाण्डमा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् । दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा. सञ्जय पौडेलले १८ करोड प्रकाश वर्ष टाढा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज भेटेका हुन् ।

पृथ्वीबाट उत्तरी आकाशमा देखिने अश्लेषा नक्षत्रको दिशामा तारापुञ्जहरूको खोजले अहिले खगोलशास्त्रीबीच छलफल सुरु भएको छ । ब्रम्हाण्डमा करिब एक अर्ब तारापुञ्जहरू छन् । जसमा एक आकाशगंगा हो । आकाशगंगा रहेका एक खर्ब तारा मध्य सूर्य एक हो । जसमै पृथ्वी अवस्थित छ ।

आकासगंगा वरिपरि करिब ५० अरु साना तरापुञ्ज छन् । ती मध्ये ‘मजेलानिक क्लाउड’ नामका दुई साना तारापुञ्ज जुम्ल्याहा हुन् । जसलाई पृथ्वीबाट दक्षिण आकाशमा राती नांगो आँखाले पनि देखिन्छ । ब्रम्हाण्डमा आकाशगंगा जस्तो तारापुञ्जहरूको समूह बिरलै हुने गर्छन ।
अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको एस्ट्रो फिजिक्स जर्नलको नोभेम्बरको अंकमा पौडेलको अनुसन्धान प्रकाशित भएपछि त्यसलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार बनाइएको छ ।

डा. पौडेल नेतृत्वमा वैज्ञानिकहरूको टोलीले ६ महिनामा लगाएर २० तारापुञ्जको अध्ययन गर्दा आकाशगंगासँग मिल्ने तारापुञ्ज भेटेका हुन् । यो अध्ययनका लागि उनले भारतको पुनास्थित जिएमआरटी रेडियो टेलिस्कोपबाट प्राप्त गरेको तथ्यहरूको समेत विश्लेषण गरेका छन् ।
‘यो हाम्रो आकाशगंगा जस्तो तारापुञ्जहरूको उत्पति र विकास कसरी भयो भनेर थप अध्ययन गर्न सहयोग पुग्ने विश्वास लिइएको छु,’ पौडेलले भने ।

उनको खोजको बारेमा ‘न्यु साइन्टिस्ट’ पत्रिकाले प्रकाशित गरेको छ । सिन्धुली भिमानका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर अध्यापन गरेका हुन् । जर्मनी हाइडेलवर्ग विश्वविद्यालयबाट विद्यावारिधी गरेका पौडेलले त्यसपछि केही समय फ्रान्सको सेन्टर फर अटोमिक इनर्जीमा वैज्ञानिकका रूपमा काम गरेका थिए ।

यसअघि उनले साना तारापुञ्जमा ब्ल्याकहोल हुन्छ भन्ने पत्ता लगाएका थिए । त्यसअघि आकाशगंगा जस्तो ठूलो तारापुञ्जमा मात्रै ब्ल्याकहोल हुन्छ भनेर खगोल विज्ञानको अध्ययन हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed