Breaking News.... EverestOnlineKhabar
June 24, 2026

चितवनमा बामगठवन्धनको बृहत सभा, ओर्ली कुर्लिए, प्रचण्ड मौन

Loading

चितवन । बामगठवन्धनले चितवनको भरतपुरमा बृहत चुनावीसभा गरेको छ । सभामा एमाले अध्यक्ष केपीसहित पुत्रशोकमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अब वामपन्थी बहुमतीय सरकार गठनलाई कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले र माओवादी मिलेपछि मतदातामा उत्साह छाएको छ, ‘वामपन्थी बहुमतीय सरकार गठनलाई अब कसैले रोक्न सक्दैन ।’

उहाँले चुनावपछि माओवादी र एमाले एक हुने दाबी गर्दै पुराना कुरा बिर्सिएर पार्टी एकताको तयारी भइरहेको जानकारी दिनुभयो । ‘चुनावपछि माओवादी र एमाले एउटै हुन्छन् । भिन्न–भिन्न पार्टी हुँदा भिन्न विचार भए होला, पुराना कुरा बिर्सिएर हामी गठबन्धनमा छौँ’, ओलीले भने, ‘अब बुझ्नुहोस् हामी मिलिसक्यौं । ’

युद्धको समयमा माओवादी र एमालेबीचमा तिक्तता भएको तर, अहिले त्यो नरहेको ओलीको भनाइ थियो ।

सभमा माओवादी केन्द्रका नेता रामबहादुर थापाले बादलले पनि सम्बोधन गर्नुभएको थियो । पुत्रशोकमा रहनु भएका अध्यक्ष दाहाल मञ्चमा मात्रै बस्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed