![]()
गोरखा ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट गठवन्धनले भने जस्तो राष्ट्रपतिय प्रणाली मुलुकका लागि अनिष्टको संकेत भएको बताउनु भएको छ ।
गोरखा २ मा कांग्रेस र नयाँ शक्तिको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले संसदीय प्रणालीको विकल्प खोज्नु मुलुकका लागि हीत नहुने स्पष्ट पार्नुभएको हो । उहाँले बामगठवन्धनलाई राजनीतिक विवाद नउचाल्न आग्रह समेत गर्नुभयो । प्रचण्ड र ओलीले संयुक्त गठबन्धन गरेर संसदीय प्रणाली खारेज गर्छौ र साम्यवाद ल्याउँछौं भनेको भन्दै पौडेलले भन्नुभयो, ‘यो राष्ट्रका लागि अनिष्टको संकेत हो । मुलुकलाई पुनः द्वन्द्वमा धकेल्नु हो ।’
‘अध्यक्षात्मक प्रणाली अधिनायकतन्त्रको जन्म दिने, सद्दाम हुसेन जन्माउने सोच हो । मैले प्रचण्ड र ओलीलाई भनेको छु, तिम्रो तागत छैन ।’
पौडेलले राष्ट्रपतीय प्रणालीको विरोध गरिरहँदा प्रत्यक्ष निर्वाचित कार्यकारीको बारेमा लामो समयदेखि लबिङ गर्दै आउनु भएका नेता बाबुराम भट्टराई भने केही बोल्नु भएन ।
नयाँ शक्तिका गोरखा २ का उम्मेदवार भट्टराईलाई कांग्रेसले समर्थन गरेको छ । नयाँ शक्तिले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिको एजेण्डा अघि सारेको छ ।
एमाले अध्यक्ष ओलीले राष्ट्रवाद भन्दाभन्दै विखण्डनको बिउ रोपको पौडेलको आरोप थियो ।


