Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

रसुवा । रसुवा प्रहरीले रसुवाको केरुङ नाकाबाट १७ किलो सुन बरामद गरेको छ । अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुन प्रहरीले बरामद गरेको हो ।

सीमा प्रहरीचौकी टिमुरेले अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले तामाङ र सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नं को बोलोरो गाडी नियन्त्रणमा लिई कानूनी प्रक्रिया अघि बढाएको छ ।
विशेष सुराकीका आधारमा गाडी जाँचका क्रममा ट्वाइलेट पेपर भित्र लुकाएर राखेको अवस्थामा सुन बरामद गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed