Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको चार दिने भ्रमण सकेर आज स्वदेश फर्किनु भएको छ ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतले स्वागत गर्नुभयो । दुई राष्ट्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा राष्ट्रपति भण्डारी युएईको भ्रमणमा जानु भएको हो ।

राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा युएईका युवराज शेख मोहमद विन जायद अल नायन, संघीय राष्ट्रिय परिषद्का सभामुख डा. अमाल अल कुबैसीलगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्नुभयो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुबई वाटर क्यानलकोसमेत अवलोकन गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed