Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

नुवाकोट । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफनो हत्या गर्न खोजिएपनि त्यसबाट आफू बिचलित नभएको प्रतिक्रिया दिनुभएको छ ।

नुवाकोटको ककनी डाँडागाउँमा आफू चढेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएपछि महतले आक्रोशित हुँदा आक्रमणकारी कायर भएको बताए । उनले निर्वाचन बिरोधी समूह नभई आफनै प्रतिष्पर्धी मध्यबाट षडयन्त्र रचिएको हुनसक्ने आशंका गरे ।

महत आफू सकुशल रहेपनि उनका ५ कार्यकर्ता भने घाइते भएका छन । महत चढेको गाडी केही अघि पुगेपछि सँगै रहेको अर्को गाडी विस्फोटमा परेको थियो ।

प्रचारमा रहेको बा १६ च ६६५ नम्बरको गाडीमा पूर्णरुपमा क्षति पुगेको छ । उक्त गाडीमा रहेका कांग्रेस कार्यकर्ताहरु सविन लामा, उपेन्द्र मिश्र, रेसकुमार तामाङ, निलबहादुर घले लगायतका घाइते भएका छन् । घाइतेमध्ये २ जनाको ढाडमा गम्भीर चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed