![]()
काठमाडौ,३० कार्तिक ।
आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलका उम्मेद्वारहरु चुनावी प्रचारप्रसारको माध्यमवाट मतदातालाई आफ्नो पक्षमा पार्न दिनरात खटिरहेको छ । मुलुकको राजधानी काठमाडौमा पनि आगामी निर्वाचनको लागि चुनावी प्रचारप्रसार तिव्र रुपले भईरहेको छ । त्यो मध्येपनि राजधानी काठमाडौको मुटु मानिने काठमाडौ क्षेत्र नम्बर १ को चुनावी परिणाम बारे सबैको ध्यान र चासो केन्द्रीत भएको छ । नेपाली कांग्रेसको तर्फवाट काठमाडौ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको लागि प्रभावशाली नेता प्रकाशमान सिंह छन् भने प्रदेशसभा क र ख का उम्मेद्वार पनि उत्तिकै चर्चित र प्रभावशाली छन् ।
नेपाली कांग्रेसको तर्फवाट काठमाडौ क्षेत्र नम्बर १ को प्रदेश सभाको ‘क’ को प्रत्यक्ष तर्फ युवा,जुझारु एंव कर्तव्यनिष्ठ युवा नेता दिपेन्द्र श्रेष्ठ अहिले निकै चर्चामा छन् ।

अहिलेसम्म सो क्षेत्रमा गरेको समाजसेवा,राजनीतिक सक्रियता र निरन्तरता र सबै वर्ग र तहका जनतासंग गर्ने व्यवहारले उम्मेद्वार श्रेष्ठ त्यो क्षेत्रमा निकै लोकप्रिय छन् । चुनाव केन्द्रीत घरदैलो कार्यक्रमका दौरान पनि प्रदेश सभा सदस्य उम्मेद्वार क्षेष्ठले मतदाताको निकै सहानुभुति पाईरहेका छन् । आफ्नो पार्टी समर्थित र स्वतन्त्र मतदाता मात्र होइन् प्रतिष्पर्धी दल समर्थित मतदाताले समेत दिपेन्द्र श्रेष्ठलाई सहानुभुति दिईरहेका छन् । उनीहरुले आफ्नो क्षेत्रको विकासको लागि दिपेन्द्र श्रेष्ठको विकल्प नभएको एक–आपसको कुराकानीमा बताउने गरेका छन् ।
२०५० सालमा शंकरदेव क्याम्पस नेविसंघको इकाई सदस्य भएर औपचारिक राजनीतिक यात्रा सुरु गरेको उम्मेद्वार दिपेन्द्र श्रेष्ठ २०५३ सालमा सोहि क्याम्पसको स्ववियु उपसभापति हुँदै सोहि वर्ष माउ पार्टी नेपाली कांग्रेसको क्रियाशिल सदस्यता समेत लिनुभएको थियो । ३ पटकसम्म २०५७,५८ र ६० सालमा तीन पटक काठमाडौ जिल्ला नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसक्नुभएका श्रेष्ठ नेविसंघको केन्द्रीय सह–महामन्त्री र नेपाली कांग्रेस बानेश्वर इकाईसभापति,नेपाली कांग्रेस क्षेत्र नम्बर १ को उपसभापति भएर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।
नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत रहनुभएका उम्मेद्वार श्रेष्ठ आन्दोलनमा लागेकै कारण आन्दोलनको क्रममा राजद्रोह,सार्वजनिक अपराध अन्र्तगत मुद्धा पटक–पटक गरी ४ पटक हिरासतमा जेल जिवन विताउनुभएको छ ।
काठमाडौ क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ का प्रत्यक्ष तर्फका सशक्त,जुझारु र कर्मनिष्ठ उम्मेद्वार श्रेष्ठले भनेः‘ देश र जनताको भलो चाहने हो भने लोकतान्त्रिक गठ बन्धनलाई मतदान गरौ।अब निकास भनेको देशमा आर्थीक क्रान्तिको हो ,कृषि देखि पुराना ,साथै नयाँ उद्योगहरुको निर्माण साथै स्वरोजगार मा राष्ट्रको लगानी हुनु पर्नेछ । बिदेश पलायन युवाको पहिचान गरि जति सकिन्छ त्यति प्रभावित क्षेत्रमा राष्ट्रको ध्यानाकर्षण हुनुपर्छ र लगानी पनि हुनु पर्छ।’
उम्मेद्वार श्रेष्ठले मतदातासंग अपिल गर्दै भनेः‘अबको मतदान भनेको गफाडीलाई भन्दा पनि बिकास प्रेमीलाई गरौ। गफ त सबै गर्छन् काम हामीले गर्छौ । मतदान नेपाली काङ्ग्रेसको चुनाब चिन्ह रुखमा गरी यस निर्वाचन क्षेत्र १ मा प्रकाशमान सिह र प्रदेशमा (क) मा युवा नेता कर्तव्यनिष्ठ दिपेन्द्र श्रेष्ठलाई र (ख) मा युवा नेता सुरज चन्द्र लामीछानेलाई रुख चिन्हमा मतदान गरि बहुमतले बिजय गराउन हार्दिक अपिल गर्दछु ।’
घरदैलो र मतदातासंगको भेटघाटमा नेता श्रेष्ठले मतदातालाई नेपाली कांग्रेसका एजेण्डा पनि अवगत गराई रहनुभएको छ ।
यी हुन् नेपाली कांग्रेसका एजेण्डा–
१. जिम्मेवार राष्ट्रवाद
२. लोकतन्त्रप्रति अनवरत निष्ठा
३. संसदीय शासन प्रणाली
४. समावेशिताको प्रारम्भिक जगदेखि कदमजम सम्म
५. हिंसा र अस्थिरताबीच भएका केही भौतिक प्रगति
६.शान्ति स्थापनाको लागि गरेको अगुवाई
७. संविधान निर्माण गर्न हाम्रो नेताहरुले प्रस्तुत गरेको सुझबुझपुर्ण नेतृत्व
८. संविधानमा आवश्यक संसोधन गर्दै नयाँ संविधानप्रति अपनत्वको दायरा विस्तार गर्ने
९. उग्रतामुक्त राजनीति, सद्भाव सहितको समाज
१०. राष्ट्रिय पुननिर्माण अभियानको एजेन्डा


