Breaking News.... EverestOnlineKhabar
June 25, 2026

चुनावी प्रचारमा रहेका एमालेका उम्मेद्वार राजेन्द्र पाण्डे लडेर घाइते

Loading

धादिङ,३० कार्तिक ।
धादिङका वाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते भएका छन् । धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे बुधबार लडेर घाइते भएका हुन् ।
पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा पाण्डे लडेर घाइते भएको जानकारी दिए । उनको टाउको र गालामा चोट लागेको छ । नौविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि उनलाई बुधबारै मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed