![]()
ललितपुर,२९ कार्तिक ।
ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र भीषण आगलागी हुँदा तीनवटा उद्योगमा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार राती औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुर्याएको हो ।
साँझ साढे ६ बजेतिर सुरु भएको आगलागी राती १० बजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो निभाउन काठमाडौं उपत्यकाका सबै दमकल परिचालन गरिएको थियो ।
आगो नियन्त्रणभन्दा बाहिर गएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको विपत् व्यवस्थापनमा खटिएका टोलीलाई समेत आगलागी भएको ठाउँमा परिचालन गरिएको थियो ।


