Breaking News.... EverestOnlineKhabar
August 13, 2026

रूसमाथि बेलायतको हालसम्मकै कडा टिप्पणी, मस्कोले चुनावमा हस्तक्षेप गरेको प्रधानमन्त्री टेरिजाको आरोप

Loading

बिबिसि । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले रुससम्बन्धमा हालसम्मकै सबैभन्दा कडा टिप्पणी गर्दै मस्कोले चुनावहरुमा हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छन् । उद्योगी व्यवसायीहरुको एउटा भेलालाई लण्डनमा सम्बोधन गर्दै उनले भ्लादिमिर पुटिनको सरकारले “खुला समाजहरुलाई कमजोर बनाउन खोजेको“ बताइन् ।

उनले रुसी सरकारले “पश्चिमा जगतमा फुटको बीजारोपण“ गर्न “झुटा समाचार फैलाएको“ तर्क गरिन् । उनले रुससँग ब्रिटेनले “निरन्तरको मुठभेड“ नचाहेको बताइन् ।

उनको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणाभन्दा बिल्कुल फरक छ । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा हस्तक्षेप नगरेको भन्ने पुटिनको भनाइमा आफूले विश्वास गरेको गत साता बताएका थिए । ब्रिटिश विदेशमन्त्री बोरिस जनसन अर्को महिना रुस भ्रमणमा जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed