Breaking News.... EverestOnlineKhabar
September 30, 2026

नेपाल र फिलिपिन्सबीच गोलरहित बराबरी, भेट्रान स्ट्राइकर अनिल गुरुङको सन्यास

Loading

काठमाडौं । एएफसी एशियन कप छनोट चरणको आफ्नो पाचौं खेलमा नेपालले फिलिपिन्ससंग गोलरहित बराबरी खेलेको छ ।
ललितपुरको सातदोबाटो खेल मैदानमा भएको खेलमा नेपालले स्तरीय खेल प्रदर्शन गर्दै आफू भन्दा बलियो फिलिपिन्सलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणको खेलमा यसअघि नेपाल फिलिपिन्ससंग ४–१ ले पराजित भएको थियो ।

मंगलवारको खेलमा दुवै टोलीले उत्कृष्ट मुभ बनाएपनि गोल गर्न भने सकेनन । नेपालले थुप्रै पटक पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन ।

छनोट चरणका सुरुवाती चार खेलमा जित हासिल गर्न नसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । शीर्ष स्थानमा रहेको फिलिपिन्सका लागि भने यो नतिजाले धक्का लागेको छ ।

यो खेलसंगै नेपालका भेट्रान स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन ।

गुरुङले फिलिपिन्ससंगको खेल आफनो अन्तिम खेल हुने यसअघि नै बताइसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार