Breaking News.... EverestOnlineKhabar
September 30, 2026

बंगलादेशले भारतलाई हराएपछि यू १९ एशिया कप क्रिकेटमा नेपाल सेमिफाइनलमा, भारत बाहिरियो

Loading

एजेन्सी । नेपाल यू १९ एशिया कप क्रिकेटमा पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलवबार मलेशियामाथि शानदार ८ विकेटको जित हासिल गरेको नेपालले मंगलवार नै बंगलादेशले पनि भारतलाई ८ विकेटले हराएपछि नेपालको भाग्य चम्किएको हो ।

मलेशियालाई जितेपनि नेपाल सेमिफाइनलमा जाने वा नजाने कुरा बंगलादेश र भारतको खेलमा निर्भर थियो । नेपालको चाहना अनुसार नै भारत बंगलादेशसंग पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा सम्भव भएको हो ।

उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि भारत आउट भएको छ ।

डकवर्थ लेविस नियम अनुसार ३२ ओभरमा झारिएको खेलमा १९० रनको लक्ष्य पाएको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा र्गयो । बंगलादेशका लागि पिनाक घोषले सर्बाधिक ८१ रनको अविजित पारी खेले । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३२ ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि खेल ३२ ओभरमा झारिएको थियो ।

यस समूहबाट भारतसँग आयोजक मलेसिया पनि समूह चरणबाटै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed