Breaking News.... EverestOnlineKhabar
June 24, 2026

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जना पक्राउ

Loading

काठमाडौं । प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा राजीव स्याङ्ताङ, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी र सन्तोष गुरुङ छन् । प्रहरीका अनुसार केही अभियुक्त फरार रहेका छन । फरार हुनेमासमिरमानसिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङदेन (लिम्बू), श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन ।

गत असोज २३ गते दिउँसो शान्तिनगरमा घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई जनाले गौचनलाई गोली हानेका थिए ।

प्रहरीले घटनाको छानबिन गर्ने डीआईजी गणेश केसीको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed