Breaking News.... EverestOnlineKhabar
September 30, 2026

एम्बुस बिष्फोटको २४ घण्टा नबित्दै बर्षमानलाई गोली प्रहार, धन्न कसैलाई केही भएन

Loading

रोल्पा । काठमाडौंमा निर्वाचन आयोगले सुरक्षा निकायसंग उम्मेदवारको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरिरहेकाबेला मध्यपश्चिमा क्षेत्रमा भने एकपछि अर्कोगरी माओवादी उम्मेदरमाथि आक्रमण हुन थालेको छ ।

एम्बुस विष्फोट गराइएको २४ घण्टा नपुग्दै नेकपा (माओवादी केन्द्र) का नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार भएको छ ।

दुईखोली गाउँपालिका–६ वागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा पुनलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । दुईखोला गाउँपालिका–३ केउरी खोलाको जंगलबाट एक राउण्ड फायरिङ भएको प्रहरीले जनाएको छ ।

राङ्सीको चुनावी सभापछि बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत पल्टाएर बाटो अवरोध गर्न खोजिएको थियो । पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

चुनावी सभामा सहभागी हुन पुनसंगै प्रदेशसभा उम्मेदवार एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्ती, ईश्वरी घर्ती, कुमार दशौदी, एमालेका पोलिटब्यूरो सदस्य एवं सचेतक गोकुल घर्ती, एमाले जिल्ला अध्यक्ष हरीप्रसाद घर्ती साथमै थिए ।

हिजो मात्रै सुकिदह गाउँपालिकाको चुनावी सभाबाट घर्तीगाउँ फर्कदै गर्दा भिताबाङमा एम्बुस विष्फोट गराइएको थियो । शुक्रवार रुकुममा बिना बिभागिय एवम पूर्व गृहमन्त्री जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed