![]()
काठमाडौं । चर्चित समाजसेवी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विशेष समारोहकाबीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कोइरालालाई पार्टीमा स्वागत गर्नुभयो ।
कोइराला चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय हुनुहुन्छ । कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको भन्दै पार्टी प्रवेश गरेको बताउनुभयो ।
लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई नै भोट दिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।


