![]()
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ९ गते नेकपा माओवादी केन्द्रसंग पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।
झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, –‘मंसिर ९ गते पार्टी एकीकरण गर्ने समाचार सामाजिक सञ्जालमा आएको रहेछ, त्यो झूठ हो । चुनावपछि एकीकरण हुन्छ । ’
मंसिर ९ गते पार्टी एकीकरण हुने विषयमा आफूले प्रचण्डसंग पनि कुरा गरेको र उनले पनि यो विषयमा आफूलाई केही थाहा नभएको जवाफ दिएको जानकारी उनले दिए । ओलीले भने, –‘१० गतेदेखि पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले कथा बुनेका हन, उनीहरुले नै कथा वाचन गरिरहेका छन् ।’
अध्यक्ष ओलीले नेपालको अर्थतन्त्र नबुझने अर्थशास्त्रीहरुले वामपन्थी सरकारकोविरुद्ध हल्ला चलाएर नेप्से घटाएको आरोप पनि लगाए ।


