Breaking News.... EverestOnlineKhabar
June 24, 2026

बामगठवन्धनबिरुद्ध लाग्ने माओवादी केन्द्रका तीन पोलिटव्यूरो सदस्यसहित दश नेता पार्टीबाट निष्कासित

Loading

काठमाडौं । नेकपा माआवादी केन्द्रले बामगठवन्धनबिरुद्ध लागेको भन्दै पार्टीका तीन जना पोलिटव्यूरो सदस्यसहित दश जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । गठबन्धनविरुद्ध उमेदवारी दिएका नेता, उनीहरुका प्रस्तावक र समर्थकलाइ अनुशासनको कारवाही अन्तर्गत पार्टीबाट निष्कासन गरिएको हो ।

यसरी निष्कासनमा पर्नेमा हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा छिमिदोर्जे लामाबिरुद्ध बागी उममेदवारी दिने पोलिटव्यूरो सदस्य छक्कबहादुर लामा, सल्यानबाट प्रतिनिधिसभा सदस्यमा टेकबहादुर बस्नेतबिरुद्ध बागी उम्मेदवारी दिएका पोलिटव्यूरो सदस्य उमाकान्त शर्मा र सल्यानबाटै प्रदेश ‘क’ मा बागी उमेदवारी दिएका पोलिटव्यूरो सदस्य भिमप्रकाश शर्मा रहेका छन ।

सल्यानबाटै प्रदेश ‘ख’ बाट बागी उम्मेदवारी दिएका आयोजक समिति सदस्य जितबहादुर पुनलाई पनि पार्टीबाट निष्कासन गरिएको छ । यस्तै सल्यानका बागी उम्मेदवारहरुका प्रस्तावक र समर्थक आयोजक समिति सदस्यहरु प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीरा ओली, हरिलाल डिसी, टंक ढकाल र कीर्तिबहादुर रानालाई पनि माओवादीले कारवाही गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed