![]()
एजेन्सी । चर्चित बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी पनि अब नायिक हुने भएकी छन । करण जौहरले निर्माण गर्न लागेको ब्लकबस्टर मराठी फिल्म ‘सैराट’को हिन्दी रिमेकमार्फत जाह्नवीले बलिउड यात्रा गर्न लागेकी हुन् ।
नागराज मञ्जुलले निर्माण गरेको मराठी फिल्म सैराटले ठूलो व्यापार गरेको थियो । करण जौहरले यसको हिन्दी रिमेक गर्न लागेपछि यो फिल्मका लागि छानिने कलाकारबारे निकै चर्चा चलेको थियो । अन्ततः जौहरले फिल्ममा श्रीदेवीकी छोरी जाह्नवी र शाहिद कपुरका भाइ ईशानलाई चयन गरेका छन् । फिल्मको निर्देशन भने उनी आफैं गर्ने छैनन् । निर्देशनको जिम्मा उनले शशांक खेतानलाई दिएका छन ।
जाह्नवी र ईशान दुवैले करण जौहरमार्फत बलिउडमा डेब्यु गर्न पाउनु खुसीको कुरा भएको बताएका छन् ।
फिल्मको छायांकन डिसेम्बर १ देखि हुने बताइएको छ । फिल्मको पहिलो चरणको छायांकन उत्तर भारतबाट हुनेछ । आगामी वर्षको जुलाईमा चालचित्र रिलिज गर्ने तयार िगरिएको छ । ईशान अहिले एउटा हलिउड चलचित्रमा अभिनय गरिरहेका छन् भने जाह्नवी अभिनय तथा नृत्यका कक्षा लिइरहेकी छन् ।
सुन्दर अनुहार तथा शरीरकी धनी जाह्नवी उनको फेसनेबल जीवनशैलीका कारण बेलाबेलामा चर्चाका आउने गरेकी छन ।


