Breaking News.... EverestOnlineKhabar
June 24, 2026

रेलमार्ग अध्ययन गर्न नेपाल आएको चिनियाँ टोली लुम्बिनी पुग्यो

Loading

काठमाडौं । केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनीसम्म रेलमार्गको अध्ययन गर्न नेपाल आएको आएको चिनियाँ टोली लुम्बिनी पुगेको छ । नेपालको परराष्ट्र मन्त्रालयको अनुरोधमा चिनियाँ टोलीले रेलमार्गको सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरिसकेको छ । चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोली केरुङ जाने योजना भएपनि समय अभावका कारण उनीहरु आधा बाटोबाट फर्किएका थिए । यसअघि बुधवार यो टोलीले पोखरा पुगेर स्थलगत अध्ययन गरेको थियो ।

टोली बिहीबार लुम्बिनी पुगेको छ । टोली लुम्बिनीको अध्ययन सकेर काठमाडौं फर्कने छ । भ्रमणमा चिनियाँ टोलीले रेलमार्गका केही निश्चित स्थानको भौगोलिक र भौगर्भिक अध्ययन गरिरहेको छ ।

यसअघि सरकारले काठमाडौं–पोखरा (१८७ किमी) रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो । पोखरा–लुम्बिनीको भने पहिलो पटक अध्ययन थालिएको हो । चिनियाँ टोलीले पोखरा– लुम्बिनी रेलमार्ग मुग्लिनहुँदै नारायणगढबाट बनाउनेबारे समेत अध्ययन गरेको छ ।
नेपालपमा छलफल र अध्ययन सकेपछि चिनियाँ टोली शुक्रवार स्वदेश फर्कने छ ।

चीनले सन् २०२० सम्म केरुङसम्म रेल र्पुयाउने गरी काम गरिरहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed