Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौं । नेकपा एमाले र नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण भएको छ । बिहीबार काठमाडौं चावहिलमा आयोजित कार्यक्रममा एमाले र परिषद्बीच पार्टी एकीकरण भएको हो ।

एमालेका अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरणको घोषणा गरेका हु्न ।

सहमति पत्रमा शहीदको सपना पूरा गर्न र राष्ट्रियताको संरक्षण गरी लोकतन्त्रलाई बलियो बनाउन, स्वतन्त्रता र स्वाभिमानको अनुभूति गराई राष्ट्रको सर्वाङ्गीण विकास गर्ने कुरा उल्लेख छ ।

कार्यक्रममा अध्यक्ष ओलीले विकास र समृद्धिका लागि एमालेबाहेक अरु कुनै पार्टीले काम नगर्ने बताएका थिए ।

कार्यक्रममा परिषद्का कार्यवाहक अध्यक्ष दुलालले एमालेले राष्ट्रप्रति देखाएको अडानका कारण आफूहरु समाहित भएको धारणा राखे ।
प्रजापरिषद् विसं १९९३ मा स्थापना भएको पार्टी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed