Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौ,२२ कार्तिक ।
कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँडको संयोजकत्वमा ७५ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ । सभापति शेरबहादुर देउवाले देशभर निर्वाचन परिचालन गर्ने जिम्मेवारी दिनकै लागि खाँडलाई प्रत्यक्षमा उम्मेदवार नबनाई समानुपातिक सूचीमा राखेका थिए ।
समितिमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे सहसंयोजक छन् । उनी पनि यसपालि प्रत्यक्ष उम्मेदवार छैनन् । समितिमा मानबहादुर विश्वकर्मा, दिलेन्द्र बडु, कमला पन्त, धनराज गुरुङ, पुष्पा भुसाल, रत्ना शेरचन, किशोरसिंह राठोर, मीन विश्वकर्मा, बद्री पाण्डे, सुजाता परियार, पार्वती डिसी चौधरी, केशवकुमार बुढाथोकी, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, डिला संग्रौला, बहादुरसिंह लामालगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed